राजनीति

नेकपा (एकीकृत समाजवादी) को महासचिवमा घनश्याम भुसाल

२०७९ चैत ५ गते १४:०९
नेकपा (एकीकृत समाजवादी) को महासचिवमा घनश्याम भुसाल

५ चैत २०७९ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले सचिवालय सदस्य घनश्याम भुसाललाई पार्टीको महासचिव बनाउने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । बैठकले हाल कायम रहनुभएको महासचिव डा बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ ।

नेकपा (एमाले)मा पूर्वउपमहासचिवको जिम्मेवारी पूरा गर्नुभएका भुसाल वाम आन्दोलनमा बौद्धिक नेताका रुपमा परिचित हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्