Main News

सिन्धुलीमा लेखापालबाट विद्यार्थी कुटिए (भिडियो रिपोर्टसहित)

२०७९ चैत ५ गते १४:००
सिन्धुलीमा लेखापालबाट विद्यार्थी कुटिए (भिडियो रिपोर्टसहित)

५ चैत २०७९ सिन्धुली । पछिल्लो समय विद्यालयमा विद्यार्थी कुटपिटका घटना बढ्दै गएका छन् ।

नेपाल बहुसूचक सर्वेक्षण २०१४ का अनुसार, नेपालमा एक वर्षदेखि १४ वर्ष उमेरसम्मका ८० प्रतिशतभन्दा धेरै बालबालिका अनुशासनका नाममा हुने हिंसाबाट प्रभावित हुने गरेका छन् । तर, सिन्धुलीको दुधौली नगरपालिकामा रहेको लिटिल फ्लावर इङ्गिलिस बोर्डिङ स्कुलका विद्यार्थी भने शिक्षकबाट नभई लेखापालबाट कुटिएर अस्पताल नै भर्ना भएका छन् ।

सिन्धुलीको लिटिल फ्लावर इङ्गिलिस बोर्डिङ स्कुलका विद्यार्थीलाई घाइते हुने गरी निर्घात कुटपिट गरिएको छ । दुधौली नगरपालिका वडा नम्बर ९ दुधौलीबजारमा रहेको यो विद्यालयका लेखापाल परि कार्कीले कक्षा ४ मा अध्ययनरत विदिका गौतमलाई निर्घात कुटपिट गरेकी हुन् ।

कक्षा कोठा जानै लाग्दा विद्यालयको कार्यलयमा बोलाएर लेखा शाखाकी लेखापाल कार्कीले कपालमा अठ्याएर गालामा झापड हान्ने र ज्यान तथा खुट्टामा बाँसको भाटाले कुटेका हुन् ।

विद्यालयले विगतका दिनमा समेत विद्यार्थीलाई थर्काउने, डर देखाउने र कुटपिट गर्ने गरेको अभिभावकको आरोप छ ।

कानुन अनुसार बालबालिकामाथि दुर्व्यवहार गर्ने व्यक्तिलाई जरिवानादेखि जेलसम्मको सजायको व्यवस्था गरिएको छ । बालबालिका ऐन २०७५ को दफा ६६ को (घ) र (ङ) मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने, शारीरिक चोटपटक पु¥याउनेलाई बालबालिकाविरुद्धको हिंसा मानिने उल्लेख गरिएको छ ।

ऐनको दफा ७२ मा उक्त कार्य गरेमा सजायको व्यवस्था गरिएको छ । जसमा शरीरमा चोटपटक पु¥याएमा ७५ हजार जरिवानादेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ । घटनाबारे प्रधानाध्यापकले गल्ती भएको स्वीकारेका छन् । यता, प्रहरीले विद्यालयमा भएको घटनाको छानविन गर्ने जनाएको छ ।

शिक्षा नियमावलीको परिच्छेद– २२ मा शिक्षक तथा विद्यार्थीको आचारसंहिता उल्लेख गरिएको छ । जसमा नियम १३३ को उपनियम १ को (ट) मा विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने उल्लेख छ । तर, पनि यस्ता घटना सार्वजनिक भइरहनुले विद्यालयप्रति विद्यार्थीको मानसिकता नकरात्मक हुने सम्भावना बढ्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *