Main News

यस्तो रहनेछ आजको मौसम

हिमालय टिभी
२०७९ चैत ५ गते ९:२३
यस्तो रहनेछ आजको मौसम

५ चैत २०७९ काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका केही भू–भागहरुमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागहरुका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *