Main News
किरियापुत्रीद्वारा मतदान
२०७९ चैत ३ गते १३:१६

३ चैत २०७९ काठमाडौं । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बरालले किरियापुत्रीकै अवस्थामा उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्नुभएको छ ।
प्रदेश सांसद बरालले पार्टीको आग्रह र आफ्नो मतदाताले आफूप्रति गरेको भरोसाका लागि उपराष्ट्रपतिको निर्वाचनको मतदानमा सहभागी भएको बताउनुभयो ।
नेपाली कांग्रेसबाट उम्मेदवार भएका बराल मंसिर ३० गते सम्पन्न प्रदेशसभा निर्वाचनमा कास्की ३ को २ बाट निर्वाचित हुनुभएको थियो ।
बरालको बुवाको निधन भएको आठ दिन भएको छ । उपराष्ट्रपति निर्वाचनमा प्रदेश र संघीय सांसद मतदाता हुने व्यवस्था छ ।
प्रतिक्रिया