Main News
१० दलीय गठबन्धनको बैठक बस्दै
२०७९ चैत २ गते ९:१३
२ चैत २०७९ काठमाडौं । आज १० दलीय गठबन्धनको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
यद्यपि बैठकको समय भने निर्धारण गरि सकिएको छैन । गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जनता समाजवादी पार्टी, नेपालका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झा रहनुभएको छ ।
दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू समझदारी खोजिरहेका छन् । तर सफल हुन सकेका छैनन् । आजको बैठकमा पनि उपराष्ट्रपति निर्वाचन र सरकार बिस्तारबारे छलफल हुनेछ ।
प्रतिक्रिया