Main News

निर्वाचन आचारसंहिता उल्लंघनपछि आयोगको ‘एक्सन’ के हुन्छ ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०७९ चैत १ गते २१:३६
निर्वाचन आचारसंहिता उल्लंघनपछि आयोगको ‘एक्सन’ के हुन्छ ? (भिडियो कुराकानी)

१ चैत २०७९ काठमाडौं । मौन अवधिमा राजनीतिक दलहरुले उपराष्ट्रपति उम्मेदवारका पक्षमा र तटस्थ बस्ने निर्णयले आचारसंहिता उल्लंघन भएको छ । निर्वाचन आयोगले ऐन, कार्यविधि र आचारसंहिता विपरित भएका दलीय निर्णयले निर्वाचन प्रभावित हुनसक्ने भएको बताएको छ ।

कांग्रेसले आजै उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका उम्मेदवार राम सहायप्रसाद यादवको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको सर्वाजनिक गरेको थियो भने राप्रपाले तटस्थ बस्ने निर्णय गर्यो । अब आयोगले के गर्छ भनेर हामीले सह–प्रवक्ता सुर्यप्रसाद अर्याललाई सोधेका छौं–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *