Main News
१० दलीय गठबन्धनको बैठक निस्कर्षविहीन
२०७९ चैत १ गते २१:०४
१ चैत २०७९ काठमाडौं । १० दलीय गठबन्धनको बैठक बिना निस्कर्ष टुंगिएको छ ।
बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धन निस्कर्षविहीन टुंगिएको हो । बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले बताउनु भयो ।
उहाँले १० दलका बीचमा सकारात्मक रुपमा बैठक सकिएको र बिहीबार बसेर थप निर्णय गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको थियो । छलफल सकारात्मक भएको छ । भोलि यो विषयमा बसेर एउटा निर्णय हुनेछ । आवश्यक्ताअनुसार बैठक बस्नेछ । बाँकी विषयमा पनि सामान्य छलफल शुरु भएको छ ।’
नेता बस्नेतले सरकार विस्तार लगायतका विषयमा पनि बैठकमा छलफल शुरु भएको बताउनु भयो ।
प्रतिक्रिया