Main News

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने तयारी

आज साँझ पाँच बजे ९ दलीय गठबन्धनको बैठक बस्दै

हिमालय टिभी
२०७९ चैत १ गते १४:३०
प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने तयारी

१ चैत २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नु भएको हो ।

राष्ट्रपति निर्वाचनसँगै नेपाली कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन बनेपछि नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । यस्तै सभापति रवि लामिछानेको नागरिकता प्रकरणपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेको छ भने समर्थन कायम छ ।

विश्वासको मत लिने मिति तय गर्न प्रधानमन्त्री प्रचण्डले आज नयाँ गठबन्धनमा आबद्ध नौवटा दलसँग छलफल गर्दै हुनुहुन्छ ।

अपराह्न ५ बजे बालुवाटारमा बोलाइएको बैठकबाट विश्वासको मत लिने मिति तय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पार्टीभित्रको छलफलमा भने प्रचण्डले ६ गते नै विश्वासको मत लिने गरी सर्कुलर गरिसकेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । हाल प्रधानमन्त्रीसहित १७ वटा मन्त्रालयको नेतृत्व प्रचण्ड आफैले गर्नु भएको छ । प्रधानमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद छ भने एक राज्यमन्त्री छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *