Main News

उद्योगी व्यवसायीले घेरे राष्ट्र बैंक (भिडियो रिपोर्टसहित)

२०७९ फागुन ३० गते १८:१३
उद्योगी व्यवसायीले घेरे राष्ट्र बैंक (भिडियो रिपोर्टसहित)

३० फागुन २०७९ काठमाडौं । देशभरका उद्योग व्यवसायीहरूले नेपाल राष्ट्र बैंक घेराउ गरेका छन् ।

अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको बेला बैंकले व्यवसायीमाथि चर्को ब्याज लिएको, कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको भन्दै आज उद्योग व्यवसायीहरूले राष्ट्र बैंक घेराउ गरेका हुन् ।

उनीहरुले व्यवसायीको पीडा महशुस गराउन ध्यानाकर्षणसमेत गराएका छन् । विरोध कार्यक्रमा सहभागी उद्योगीले अर्थतन्त्रमा आएका समस्याको कारण उद्योगको उत्पादनमा कमी र रोजगारी कटौती हुँदा पनि बैँकले ब्याजदर दिएको गुनासो गरेका छन् ।

व्यवसायीको व्यापार सुस्त भएको अवस्थामा उच्च ब्याज दिनसक्ने अवस्था नभएको व्यवसायीको भनाइ थियो ।

बैंकविरुद्ध सडक आन्दोलन गर्दा समेत सरकार र सम्बन्धित निकायहरु समस्या समाधान गर्न गम्भिर नभएको व्यवसायीको आरोप छ । एक वर्षदेखि व्यवसायीहरू बैङ्कको ज्यादतीबिरुद्ध आन्दोलनमा रहेपनि राष्ट्र बैंकले कुनै सुनुवाइ नगरेको उनीहरूको तर्क छ ।

आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, उद्योग परिसंघ लगायतका केन्द्रिय महासंघहरूसँग आवद्ध भएका वस्तुगत संघहरु आन्दोलनमा सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *