Main News

स्ववियु निर्वाचन : नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियूबीच तालमेल (भिडियो रिपोर्टसहित)

२०७९ फागुन ३० गते १८:०६
स्ववियु निर्वाचन : नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियूबीच तालमेल (भिडियो रिपोर्टसहित)

३० फागुन २०७९ सुर्खेत । आगामी चैत ३ गते मध्यपश्चिम, चैत ५ गते त्रिवि र चैत ८ गते सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन हुँदै छ ।

प्रमुख तीन पार्टीनिकट विद्यार्थी संगठनले आसन्न निर्वाचनमा देशभरी नै तालमेल गरेका छन् । निर्वाचनका लागि नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियूबीच तालमेल भएको छ ।

सुर्खेतको मध्यपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनसँगै चुनावी रौनक बढेको छ । चैत्र ३ मा हुने निर्वाचनलाई लक्षित गरी राजनीतिक दलका नेताले समेत स्ववियू निर्वाचनलाई प्रतिष्ठाको विषय ठान्दै परिणाम आफ्नो पोल्टामा पार्न कसरत गरिरहेका छन् ।

केही पार्टीका शीर्ष नेताको रुची अनुसार विद्यार्थी संगठनले छुट्टाछुट्टै उम्मेदवार चयन गरिसकेका छन् । ९ जनाले स्ववियू अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । अधिकांश उम्मेदवारले विश्वविद्यालयको शैक्षिक वातावरण सुधारलाई एजेन्डा बनाएका छन् ।

नेविसंघले सभापति र अखिल क्रान्तिकारीले सचिवे लिने गरी चुनावी तालमेल भएको छ । स्ववियू सभापति पदमा अन्य विद्यार्थी संगठनहरू भने एक्ला–एक्लै चुनावी मैदानमा होमिएका छन् । नेविसंघ र अखिल क्रान्तिकारीको चुनावी तालमेलपछि स्ववियुको अध्यक्ष र सचिवमा ८÷८ जनाको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा ६ र सदस्यमा ३० जनाको उम्मेदवारी दर्ता भएको छ । स्वतन्त्र हुनु पर्ने निर्वाचनमा जसरी पनि जित्नुपर्छ भन्ने मनसायले गठवन्धन बनाउनु पर्ने अवस्था सिर्जना भएको छ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी निकट अखिल क्रान्तिकारीबीच गठवन्धन बनेको छ भने नेकपा एमाले निकट अनेरास्ववियूले एक्लै चुनाव लड्दै छन् ।

अर्कोतर्फ स्थानीय, प्रदेश र संघको निर्वाचनमा जस्तै स्वतन्त्र उम्मेदवारले समेत स्ववियु निर्वाचनमा विद्यार्थीका हकहितमा काम गर्ने लोकप्रिय एजेन्डा बनाएका छन् ।

४ हजार ३० जना मतदाता रहेको विश्वविद्यालयमा ६ वटा संगठनले समानुपातिक सूचीसमेत पेश गरेका छन् । नेविसंघ र अखिल क्रान्तिकारीले चुनावी तालमेल गरे पनि अन्य संगठनले एक्लाएक्लै चुनाव लडे पनि निर्वाचनको मतपरिणाम आफ्नो पोल्टामा पार्ने दावी गरेका छन् । आगामी चैत ३ गते मध्यपश्चिम, चैत ५ गते त्रिवि र चैत ८ गते सुदूरपश्चिम विद्यालयमा स्ववियु निर्वाचन हुँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *