माओवादीले मानव अधिकारकै हुर्मत लिने प्रयास गर्दैछ : ओली (भिडियो रिपोर्टसहित)
३० फागुन २०७९ काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा दर्ता भएपछि नेकपा माओवादी केन्द्रले मानव अधिकारकै हुर्मत लिने प्रयास गरिरहेको टिप्पणी गर्नुभएको छ ।
द्वन्द्वकालीन मुद्दा नियमित अदालतले हेर्न नमिल्ने भएपनि अदालतमा मुद्दा दायर गरेर माओवादीलाई जिस्काउन खोजेको जस्ता अभिव्यक्ति माओवादीका नेताले दिन थालेपछि एमाले अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई धम्की दिन खोजेको आरोप लगाउनुभएको हो ।
माओवादीबाट फुटेर गएका अन्य दल पनि अहिले एक भएर पुनः द्वन्द्वको भाषा बोलिरहेकाले मानव अधिकार खतरामा परेको उहाँको भनाइ छ ।
मंगलबारबाट काठमाडौंमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा अध्यक्ष ओलीले मानव अधिकारको रक्षाका लागि लड्न पार्टीनिकट मानव अधिकार एलाईन्सलाई निर्देशनसमेत दिनुभयो ।
प्रतिक्रिया