राजनीति

क्याम्पस राजनीतिक थलो (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २९ गते १८:१४
क्याम्पस राजनीतिक थलो (भिडियो रिपोर्टसहित)

२९ फागुन २०७९ धनुषा । कुनै समय जनकपुरधामस्थित त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस रामस्वरुप रामसागरमा आइएसी उत्तीर्ण विद्यार्थी एमबीबीएसमा छात्रवृत्ति नभए पुलचोकस्थित इन्जिनियरिङ क्याम्पसमा नाम निकालेकै हुन्थे । तर अचेल क्याम्पसमा शिक्षा आर्जनका लागि होइन राजनीति र उम्मेदवारीका लागि मात्र विद्यार्थीको भिड लाग्ने गर्दछ ।

यो दुईवटा दृश्य एक दिनको अन्तरालमा जनकपुरधामको रामस्वरुप रामसागर क्याम्पसमा खिचिएको हो । एउटा शनिवार स्ववियु निर्वाचनका लागि मनोनयनका क्रममा क्याम्पसमा देखिएको तछाडमछाडको हो भने अर्को दृश्य आइतवार विहान क्याम्पसको एक कक्षाकोठामा पढाई भइरहेको समयको हो । यि दुई दृश्यले नै भन्छ कि विद्यार्थीको रोजाइमा पढाई छ वा राजनीति भनेर ।

आइतवार करिव ९ देखि १० बजे सम्म क्याम्पसमा उपस्थित विद्यार्थी अधिकांश बाहिर नै थिए । राजनीतिको कुरा गरिरहेको भेटिन्थे । वाणिज्य संकायका केहि विद्यार्थी भने कक्षामा अध्ययन गरिरहेका थिए । स्ववियु नेतृत्वका लागि उम्मेदवार बनेका विद्यार्थी अगुवा बाहिरै विद्यार्थीलाई जम्मा गरेर मतदानका लागि सम्झाई रहेका थिए । शैक्षिक गतिविधि र अतिरिक्त क्रियाकलाप सुनसान हुने क्याम्पसमा निर्वाचनले भने चहल पहल बढेको छ ।

स्ववियुले चहलपहल बढाएपनि क्याम्पसमा भौतिक पूर्वाधारको अवस्था दयनीय छ । निजी क्याम्पसले रामसागरको चमक खोसेका छन् । प्रशासन त्रिभूवन विश्वविद्यालयलाई दोष दिइरहँदा विद्यार्थी युनियन भने नेतृत्वका कारण क्याम्पसको दूरावस्था भएको तर्क गर्छन् ।

स्ववियु निर्वाचनमा सभापतीका दलीय उम्मेदवार क्याम्पसको दुरावस्थाको कारक शिक्षक र लापरवाह प्रशासन भन्दै यसैलाई चुनावी मुद्दा बनाएका छन् ।

०५३ सालमा १५ देखि १७ हजारसम्म विद्यार्थी भर्ना भएको उक्त क्याम्पसमा यस वर्ष १ हजार ५ सय विद्यार्थीले नामांकन गराएका छन् । पाँच हजारभन्दा बढी विद्यार्थी भएको क्याम्पस ‘क’ वर्गमा पर्ने व्यवस्था छ। तर, हाल उक्त क्याम्पस ‘ख’ वर्ग हुँदै ‘ग’ मा झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्