Main News

विवादैविवादबीच बिदा हुँदै राष्ट्रपति विद्या भण्डारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन २८ गते २०:२२
विवादैविवादबीच बिदा हुँदै राष्ट्रपति विद्या भण्डारी (भिडियो रिपोर्टसहित)

२८ फागुन २०७९ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल भोलि सकिँदैछ। २०७२ कात्तिक ११ गते पहिलो र २०७४ फागुन २९ गते दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएकी राष्ट्रपति भण्डारीले दुई कार्यकालमा गरी झण्डै सात वर्ष मुलुकको अभिभावकीय नेतृत्व गर्नुभयो। राष्ट्रप्रमुख महिला हुनुका कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रशंसा पनि पायो।

तर, देशभित्र भने उहाँले धेरै विवाद र आलोचना खेप्नु पर्‍यो। राष्ट्रपति भण्डारीसँग सम्बन्धित मुख्य विवाद, आरोप, आलोचना र टिप्पणीलाई सहकर्मी रामचन्द्र अर्यालले ‘टाइमलाइनमा’ उतार्ने प्रयास गर्नुभएको छ।

विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो र २०७२ मा नयाँ संविधान जारी भएपपछिको पहिलो राष्ट्रपति हुनुहुन्छ। उहाँ मुलुकको सर्वोच्च पदमा निर्वाचित हुने पहिलो महिला पनि हो।

भण्डारी राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै २६औं महिलाभित्र पनि पर्नुभयो। भण्डारीको सात वर्षे कार्यकाल भोलि ९फागुन २९ गते० सकिँदैछ। शीतलनिवासबाट विदा लिने तयारीमा रहनुभएकी भण्डारीको दुई कार्यकालका मुख्य घटना, आरोप र टिप्पणी यस्ता छन्–

२०७२ कात्तिक ११ – पहिलो कार्यकालका लागि राष्ट्रपति निर्वाचित
२०७२ पुस २ – विधवाले दर्शन गरेको भन्दै जानकी मन्दिरमा चोख्याउने घृणित काम
२०७३ कात्तिक ६ – सप्तरीको छिन्नमस्ता मन्दिर पुग्दा सैनिक जवानलाई जुत्ता बोकाएको
२०७३ माघ दोस्रो साता – राष्ट्रपतिकै चाहनामा आबासका लागि ६२ करोडमा ‘बुलेट प्रुफ’ घर बनाइएको आरोप

२०७४ असोज ३ः राष्ट्रपति तथा उपराष्ट्रपतिको पदीय काम(कारबाहीबारे मुद्दा नलाग्ने व्यवस्था भएको कानून प्रमाणिकरण

२०७३ माघ ३ः कान्छी छोरी निशाकुसुम भण्डारीको राष्ट्रपति निवासबाटै बिहे
२०७४ माघ २६ः तत्कालिन देउवा सरकारले राष्ट्रियसभामा सदस्यका लागि सिफारिस गरेका ३ जनालाई मनोनित नगरेको

२०७४ फागुन २९ः दोस्रो कार्यकालका लागि निर्वाचित
२०७४ फागुन ३०ः प्रधानन्यायधीशबाट बर्खास्तमा परेका गोपालप्रसाद पराजुली समक्ष सपथ लिएको
२०७४ दसैंको टीकाः केही व्यक्तिलाई कुर्सी र केहीलाई घुँडा टेकाएर टीका लगाइदिएको भन्दै आलोचना

२०७५ कात्तिक १२ः विभिन्न देशले कतारमा नाकाबन्दी लगाएका बेला भ्रमण गरेकोमा आलोचना
२०७५ फागुन २३ः विन्ध्यवासिनी मन्दिरमा निर्मित लिफ्ट उद्घाटन गरेकोमा निकै हल्ला भएको टिप्पणी
२०७६ फागुनः नेकपा विवाद उत्कर्षमा पुग्दा मध्यस्थता गरेको आरोप
२०७७ मंसिर ३०ः प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत् संबैधानिक निकायमा एकपक्षीय गरेको नियुक्ति सिफारिस स्वीकार

२०७७ पुस ५ः प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस सदर
२०७८ जेठ ८ः प्रधानमन्त्री ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटनको सिफारिस गर्दा पनि सदर
२०७९ भदौ २०ः राष्ट्रपतिको सन्देश पछि पनि दुबै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेको

भण्डारीको ७ वर्षे कार्यकाल हेरेर नै एकातिर राष्ट्रपतिमा अन्तरनिहित अधिकार र विशेषाधिकारबारे जनस्तरमा छलफल सुरु भएको छ। अर्कातिर, पुस १० मा नयाँ सरकार बन्दा एमालेलाई राष्ट्रपति दिन सहमत भएका प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन नै त्योगर कांग्रेसलाई सुम्पिएका छन्। दुई महिनामै दाहालको ‘मुडचेन्ज’ हुनुमा पनि भण्डारीको कार्यकाल नै कारक रहेको ठानिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *