Main News

एमालेको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्तौला

२०७९ फागुन २८ गते २०:००
एमालेको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्तौला

२८ फागुन २०७९ काठमाडौं । नेकपा (एमाले) को प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला मनोनित हुनुभएको छ ।

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतक र बर्तौलालाई सचेतकमा मनोनित गर्नुभएको हो । दुवैलाई यही फागुन २५ गतेदेखि लागू हुने गरी मनोनयन गर्नुभएको हो । गिरी पूर्वस्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र बर्तौला एमाले पार्टी बागमती प्रदेशको उपसचिव हुनुहुन्छ ।

उहाँहरू दुवै जनालाई एमाले सङ्घीय संसदीय दलको विधान–२०७७ बमोजिम एमाले अध्यक्षसमेत रहनुभएका ओलीले मनोनयन गर्नुभएको हो । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा गिरी पर्वत र बर्तौला मकवानपुर क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *