Main News

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलबाट पार्टीको सदस्यता त्याग

२०७९ फागुन २८ गते १६:०९
राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलबाट पार्टीको सदस्यता त्याग

२८ फागुन २०७९ काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको सम्लग्नता त्याग गर्नुभएको छ ।

पार्टीको वरिष्ठ नेता रहनुभएका उहाँ यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

नेता पौडेलले आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकाले पार्टीको सदस्यबाट अलग भएको जानकारी गराउनुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

नेपालको संविधानमा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति निर्वाचित भए निजको त्यस्तो पद स्वतः रिक्त हुने उल्लेख छ ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले भोलि सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *