Main News

काे बन्ला प्रहरी महानिरीक्षक ? (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २७ गते २०:४७
काे बन्ला प्रहरी महानिरीक्षक ? (भिडियो रिपोर्टसहित)

२७ फागुन २०७९ काठमाडौं । नेपाल प्रहरीको नेतृत्व चैत ९ गतेबाट रिक्त हुँदैछ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह ३० वर्षे कार्यावधिका कारण अवकाशमा जाँदै हुनुहुन्छ । उहाँसँगै प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीको पाँच स्थान रिक्त हुन्छ ।

त्यसैले गृहमन्त्रालयले ५ नायव महानिरीक्षक डीआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको छ । अब उनीहरुबाटै एक प्रहरी महानिरीक्षक बन्ने छन् । सरकारले सिफारीसमा पहिलो नम्बरकालाई प्रहरी प्रमुख बनाउला या २०७३ को नियति दोहोर्याउँदै दोस्रो तेस्रोलाई रु धेरैको जिज्ञासा हो, यो ।

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक पदका लागि गृह मन्त्रालयले पाँच जनालाई अघि सारेको छ । मन्त्रालयले अहिले प्रहरी नायव महानिरिक्षक ९डीआइजी० पदमा रहेका पाँच जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी पदमा बढुवाका लागि सिफारीस गरेको हो । डिआईजीहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञावली र किरण बज्राचार्य एआईजीमा बढुवाका लागि सिफारिस भएका छन्।

उनीहरु मध्ये एक जना नै अब नेपाल प्रहरीको महानिरीक्षक बन्ने छन् । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले ३० वर्षे कार्याविधका कारण चैत ९ गते अनिर्वाय अवकास पाउँदै हुनुहुन्छ । उहाँसँगैको व्याजी हालका एआइजीहरु पनि सोहि कारण अवकाशमा जाँदै छन् । रिक्तस्थान पूर्तिका लागि गृहले एआइजीका लागि सिफारिस गरेका डीआइजीमध्ये पहिलो नम्बरमा बसन्तबहादुर कुँवर हुनुहुन्छ । यस्तै दोस्रो, तेस्रो, चौथो र पाँचौं नम्बरमा क्रमशस् टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञावली र किरण बज्राचार्य हुनुहन्छ ।

प्रहरी प्रमुख सामान्यतया वरियताक्रममा पहिलो नम्बरमा हुने कै बढी सम्भावना हुन्छ । यस्तो अबस्थामा अहिले १ नम्बरमा सिफारीमा पर्नुभएका कुँवर नै आगामी प्रहरी महानिरीक्षक बन्ने सम्भावना बढी छ । तर, वरियताक्रममा पहिलो नम्बरकैलाई महानिरीक्षक बनाउने वा नबनाउने टुंगो हुँदैन । नेपालमा विभिन्न स्वार्थ समुहका प्रहरी नेतृत्वमा राजनीतिक हस्तक्षेप हुने गरेको इतिहास छ ।

२०७३ फागुन १ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गर्यो । तेस्रो नम्बरका चन्दलाई आईजीपी बनाएको भन्दै सर्वोच्चमा मुद्दा पर्यो । पहिलो नम्बरका नवराज सिलवाल र प्रकाश अर्याललाई पन्छाउँदै चन्दलाई मन्त्रिरिषद्ले महानिरीक्षक बनाउने निर्णय गरेको थियो । सर्वोच्चले चैत ८ गते उत्प्रेषणको आदेशमार्फत् उक्त नियुक्ति बदर गरिदिएको थियो ।

सरकारको निर्णय प्रहरी ऐन २०१२ र प्रहरी नियामवली २०७१ को नियम ४१ को प्रतिकुल भएकाले नियुक्ति बदर गरेको सर्वोच्चले आदेशमा भनिएको थियो। त्यसपछि सरकारले पुनः दोस्रो वरियताक्रमका प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । यस विरुद्ध पहिलो नम्बरका सिलवाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । त्यसपछि पनि प्रहरी नेतृत्वमा दलीय हस्तक्षेप रोकिएन । २०७९ वैशाख १९ मा शैलेश थापा महानिरीक्षकबाट अवकाश पाएपछि तत्कालीन वरियतामा पहिलो नम्बरमा एआइजी रहेका विश्वराज पोखरेल आइजीपी बन्न पाउनुभएन ।

उहाँभन्दा पछिका धिरजप्रताप सिंह आइजीपी बन्नुभयो । यसमा सर्वोच्च अदालतले डीआइजीबाट एआइजीमा बढुवा गर्दा नै पोखरेलले वरियता मिचेकाले उहाँको पक्षमा सर्वोच्चले आदेश दिएन । अर्थात डीआइजीबाट एआइजीमा बढुवा गर्दा वरिष्ठलाई छाडेर कनिष्ठ पोखरेललाई बढुवा गरिएको थियो ।

प्रहरी नियामवली २०७१ को नियम ४१ मा प्रहरी महानिरीक्षक पदमा बढुवा सम्बन्धी व्यवस्था छ । उक्त नियममा–प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकहरु मध्येबाट र प्रहरी अतिरिक्त महानिरिक्षक नभएको अवस्थामा प्रहरी नायव महानिरीक्षकहरु मध्येबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मूनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरिक्षक पदमा बढुवा गर्नेछ भनिएको छ । यो कानूनलाई छल्न दलहरुले आफ्नो अनुकुलता प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *