Main News

उपराष्ट्रपति पदका लागि यादवको उम्मेदवारी दर्ता

२०७९ फागुन २७ गते १४:०१
उपराष्ट्रपति पदका लागि यादवको उम्मेदवारी दर्ता

२७ फागुन २०७९ काठमाडौं । सत्ता गठबन्धनकातर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीकातर्फबाट रामसहायप्रसाद यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा गठबन्धनका नेताहरु संयुक्तरुपमा पुगेर उपराष्ट्रपतिमा नेता यादवको उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यादवको प्रस्तावकमा नेताहरु अशोक राई, प्रदीप यादव, शक्ति बस्नेत, किसान श्रेष्ठ र रमेशजङ्ग रायमाझी तथा समर्थकमा नेताहरु रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, डा खिमलाल देवकोटा र भानुभक्त जोशी रहनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *