प्रधानमन्त्रीविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

२५ फागुन २०७९ काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध द्वन्द्वपीडितहरूले दायर गरेको रिटमा आजबाट पहिलो चरणको सुनुवाइ हुँदैछ ।
द्वन्द्वकालमा भएका मानिसहरूको हत्यामध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएको विषयमा प्रधानमन्त्रीविरुद्ध रिट दायर भएको थियो। आज बिहान १० बजेपछि इजलास तोकिनेछ ।
प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितका व्यक्तिहरूले प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुने ।
प्रचण्डले २०७६ को माघीका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको जिम्मा लिनसक्ने बताउनु भएको थियो । यही अभिव्यक्तिलाई आधार बनाएर सर्वोच्चमा मुद्दा दर्ता भएको हो ।
प्रतिक्रिया