Main News

“प्रचण्डविरुद्ध मुद्दा देशलाई फेरि द्वन्द्वमा धकेल्ने गम्भीर षडयन्त्र हो” भट्टराई (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन २३ गते १८:०६
“प्रचण्डविरुद्ध मुद्दा देशलाई फेरि द्वन्द्वमा धकेल्ने गम्भीर षडयन्त्र हो” भट्टराई (भिडियो रिपोर्टसहित)

२३ फागुन २०७९ काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डविरुद्ध मुद्दा देशलाई फेरि द्वन्द्वमा रुमली राख्ने गम्भीर षडयन्त्र भएको बताउनुभएको छ ।

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आज काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्ने कामलाई अदालती प्रक्रियामा लगेर डलरको खेती गर्नेहरुको षडयन्त्र भएको बताउनुभयो ।

उहाँले आफू प्रधानमन्त्री हुँदा शान्ति सम्झौंतालाई पूर्णता दिनका लागि जारी गरिएको अध्यादेश पनि अदालतमा मुद्दा हालेर अघि बढन नदिएको र अहिले सामान्य निहूँ बनाएर प्रधानमन्त्री प्रचण्ड माथि नै मुद्दा हाल्ने काम गरिएको भन्दै आपत्ति जनाउनुभयो ।

शान्ति सम्झौताको विषय माओवादीको विषय मात्रै नभई राज्यको विषय भएकाले यसमा सबैले गम्भिर बन्नुपर्ने अध्यक्ष भट्टराईको भनाइ थियो ।

यसैबीच, नेपाली कांग्रेसले द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्ने बताएको छ । प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि बसेको नौ दलीय गठबन्धनको बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले द्वन्द्वका मुद्दा संक्रमणकालीन न्यायकै प्रबन्धबाट समाधान हुनुपर्ने बताउनुभयो ।

उहाँले सर्वोच्च अदालतले पनि द्वन्द्वको मुद्दा संक्रमणकालीन न्याय पद्धतिबाटै हो भनेर यसअघि नै बोलिसकेको बताउनुभयो ।

सबै मिलेर संक्रमणकालीन न्याय सम्पादन गर्ने भएकाले अदालत पनि यो विषयमा सकारात्मक हुने लेखकको बुझाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *