Main News

यस्तो रह्यो फागुको रमझम (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २२ गते २१:०७
यस्तो रह्यो फागुको रमझम (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७९ काठमाडौं । आज फागु पर्व । रंगहरुको पर्व होलीको रौनकमा नेपाली झुमे । काठमाडौं, पोखरा लगायतका पर्यटकीय क्षेत्रमा पनि धुमधामका साथ होली पर्व मनाइएको छ ।

विदेशी नागरिकले पनि होली खेलेपछि काठमाडौंका बसन्तपुर, कस्कीको पोखरा क्षेत्रमा फरक दृष्य देखियो । कतिपयले पहिलो पटक रंग दलेर होली मनाएको देखेको बताइरहँदा नेपालीसँग सँगै झुमेका थिए ।

काठमाडौं विदेशी पर्यटकका लागि आकर्षक स्थान मानिन्छ । धेरै देशबाट पर्यटक यहाँको ऐतिहासिक महत्व बुझ्न र सम्पदा नियाल्न आउँछन् । काठमाडौं आएका विदेशी पर्यटक फागु पर्वको उल्लासमा रमाएका छन्।

कतिपयले त पर्यटकीय क्षेत्र त नियाले नै त्यसको अतिरिक्त पहिलोपटक होलीसमेत खेले । पोखरामा पनि विदेशी पर्यटकहरु होलीको उल्लासमा झुमे ।

पश्चिमा देशमा रंगको प्रयोग नै कम हुने गर्छ । त्यस्तोमा रंगैरंगको पर्व देख्दा उनिहरु चकित मात्रै परेका छैनन् त्यसमा आफूलाई पनि समाहित गरेका छन् ।

छिमेकी देश भारतसँगै चीन, अमेरीका, युरोप हुँदै आफ्रिका महादेशसम्मका पर्यटक होलीको रंगसँग रमेका छन् । यसरी रंगसँग खेलिने पर्व विश्वकै पृथक रहेको उनिहरुको बुझाइछ ।

विशेषगरी काठमाडौंको बसन्तपुर, ठमेल क्षेत्र। कास्कीको पोखरामा विदेशी पर्यटकको घुइँचो थियो । उनिहरु नेपालीसँग सिक्दै होलीमा आफूलाई ढाल्न प्रयासरत थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *