Main News

विभागीय मन्त्री नभएपछि सुनसान बन्यो सिंहदरबार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन २१ गते २१:०१
विभागीय मन्त्री नभएपछि सुनसान बन्यो सिंहदरबार (भिडियो रिपोर्टसहित)

२१ फागुन २०७९ काठमाडौं । सत्ता समीकरण फेरिएसँगै १६ मन्त्रालय मन्त्रीविहीन छन् । गृहमन्त्रालयसहितका १६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा छ ।

त्यसैले प्रमुख प्रशासनिक केन्द्र, सिंहदरवार सुनशान बनेको छ । मन्त्री हुँदा नेता–कार्यकर्ताको भीड हुने मन्त्रालयहरुमा कर्मचारी मात्र भेटिन्छन् । कतिपय नीतिगत निर्णयका लागि प्रधानमन्त्रीकै समय पर्खिनुपर्ने समस्या रहेको कर्मचारी बताउँछन् ।

यो मुलुककै प्रमुख प्रशासनिक केन्द्र, सिंहदरवार हो । यहाँ स्वास्थ्य बाहेकका सबै मन्त्रालय रहेका छन् । यो गृह मन्त्रालय । यहाँ मन्त्री छैनन् । यो मन्त्रालयलको जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा छ । माघ १३ गते नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशले तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पदमुक्त हुनुभयो । त्यसैबेलादेखि यो मन्त्रालय मन्त्री विहिन छ ।

विभागीय मन्त्री नै नभएपछि मन्त्रीस्तरीय निर्णयका लागि समस्या उत्पन्न हुने गरेको कर्मचारी बताउँछन् । प्रधानमन्त्रीको समय सहजै नपाउने भएपछि कतिपय महन्वपूर्ण निर्णयमा ढिलासुस्ती हुने गरेको छ ।

गृहमन्त्रालय मात्रै नभएर अर्थमन्त्रालय पनि प्रधानमन्त्रीसँगै छ । अहिले महत्वपूर्ण निर्णय लिनुपर्ने परराष्ट्र मन्त्रालयले पनि आफ्नै नेतृत्व पाएको छैन । यी बाहेक उर्जा, शिक्षा, स्वास्थ्य, सहरी विकास लगायतका १६ महत्वपूर्ण मन्त्रालय नेतृत्व विहिन छन् । सबै मन्त्रालयको अवस्था सुनशान नै छ ।

लामिछानेले गृहमन्त्री पद गुमाए लगत्तै सरकारबाट रास्वपाका अन्य मन्त्री बाहिरिएका थिए । त्यसपछि राजनीतिमा फेरिएको समीकरणसँगै एमाले र राप्रपा पनि सरकारबाट बाहिरिए । उनीहरुको भागमा परेका १६ मन्त्रालय एकैपटक मन्त्रीविहीन बनेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *