Main News

पूर्वराष्ट्रपतिका नाममा राज्यकोषमा लुट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन २० गते २१:३८
पूर्वराष्ट्रपतिका नाममा राज्यकोषमा लुट (भिडियो रिपोर्टसहित)

२० फागुन २०७९ काठमाडौं । मुलुकको उच्च पदस्थ पूर्वपदाधिकारीहरुलाई सरकारले सुविधा दिने चलन छ ।

विशेष सुविधा पाउनेमा पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उच्च अधिकृत, सुरक्षा निकायका प्रमुखहरु आदि पर्दछन्। तर आर्थिकरुपमै कमजोर मुलुकमा पनि पूर्वपदाधिकारीलाई चाहिएको भन्दा बढी सुविधा मोहइया गराउनु भने राज्यकोषको दोहन बाहेक अरु केही हैन । आर्थिक लाभ लिने होडमा पूर्वराष्ट्र्रपति यादव निकै तेज हुनुहुन्छ । यो फलोअप रिर्पोट हेरौं ।

तपाईले राज्यलाई कतिजति कर तिर्नुहुन्छ ? विभिन्न नाममा हरेक नागरिकले राज्यलाई कर तिर्नुपर्छ । व्यक्तिगत आयकर, पूँजिगत लाभकर, पारिश्रमिक करका नाममा मात्र पनि एक जनाले औषतमा वार्षिक ४ हजारदेखि ४५ सयसम्म कर तिर्नुपर्छ । त्यसबाहेक पनि विभिन्न शीर्षकमा कर तिरिएको हुन्छ । यतिधेरै कर कहाँ जान्छ ? पक्कैपनि विकास निर्माण, संविधानले नागरिकलाई दिएका आधारभूत अधिकार स्वास्थ्य, शिक्षामा खर्च हुनुपर्ने हो । तर, त्यतिमात्र होइन, मुलुकका उच्चपदस्थ पदाधिकारी तथा पूर्वपदाधिकारीको सेवामा समेत तपाई हामीले तिर्ने करको रकम पुगेको हुन्छ ।

निश्चित रकम जानु स्वभाविक होला तर यहाँ त नागरिकको समस्या समाधानमा होइन, पूर्वपदाधिकारीहरुलाई सेवा पुर्याउन उनीहरुको सुविधा बढाएको–बढायै गर्न थालिएको छ । पूर्वराष्ट्रपति रामवरण यादवले आफ्नो अवकासको ७ वर्षमा करिब ६ करोड रुपैयाँ बराबरको लाभ लिइसक्नुभएको छ ।

आर्थिकरुपमा सबल पूर्वराष्ट्रपति यादवले सरकारलाई आफ्ना सुविधाका लागि माग गर्न छाड्नुभएको छैन । यादवले ३ करोड ८५ लाख रुपैयाँ त केवल उपचार खर्चका लागि मात्र लिनुभएको छ । तर, कर तिर्ने नागरिकको हालत सत्ताधारीहरुले कहिले सोच्दैनन् ।

आम नागरिकले सहज स्वास्थ्य उपचार नपाएका धेरै घटना छन् । केही प्रतिनिधि घटना हेरौं –

यो दृश्य फागुन ८ गते त्रिशुली अस्पतालमा आकस्मिक शल्यक्रियाबाट सुत्केरी गराइएकी सरिता न्यौपानेको मृत्यु भयो । उनको थप उपचारमा राज्यको ध्यानै गएन ।

यो, अर्को दृश्य हेरौं– गण्डकी अस्पतालमा नागरिकले स्वास्थ्य उपचारका लागि पाएका समस्या प्रष्ट देखिन्छ ।

यो अर्को दृश्य हेरौं– सामान्य रुघाखोकी र ज्वरो आएर उपचारका लागि काठमाडौंको हिमाल अस्पतालमा लगेकी मोरङकी गंगा गौतमले २८ महिने छोरी गुमाउनुपर्यो ।

संविधानले नागरिकको स्वास्थ्य उपचार राज्यको दायित्वमा राखिदिएको छ । तर, आम नागरिकले यो अधिकार उपयोग गर्न पाउँदैनन् । तर, त्यही नाममा उच्च पदमा पुगिसकेकाहरुले वर्षेनी राज्यबाट उपचारका नाममा कुस्त रकम पाउने गरेका छन् ।

तिनैमध्येका एक हुन्, पूर्वराष्ट्रपति यादव । आर्थिकरुपमा सम्पन्न रहेका यादवले राज्यकोषबाट उपचारकै नाममा सहजै रकम लिने गर्नुभएको छ । त्यसबाहेक घरभाडा, अन्य सुविधा त कति–कति ।

पूर्वराष्ट्रपति यादवले राज्यबाट पाएको रकम–
२०७३ असोज, रु। ३ करोड प्राप्त, अमेरिकामा गएर प्रोटेस्ट क्यान्सरको उपचारका लागि लागेको खर्च
२०७५ माघ, रु। २० लाख प्राप्त, थप सुविधाका लागि दिएको खर्च
२०७६ असोज, रु। ६० लाख प्राप्त, थप उपचारको शीर्षकमा
२०७७ असोज, रु। १० लाख प्राप्त, थप सुविधाका लागि दिएको खर्च
२०७८ मंसिर, रु। १० लाख प्राप्त, थप सुविधाका नाममा निकासा
२०७९ असोज, रु। १० लाख प्राप्त, दैनिकी चलाउन सरकारले उपलब्ध गराएको रकम
२०७९ कार्तिक, रु। २५ लाख प्राप्त, औषधि उपचार खर्च
२०७२ कार्तिक देखि २०७४ असारसम्म, मासिक १ लाख ३० हजार घरभाडा
२०७४ साउन यता हालसम्म मासिक २ लाख घरभाडा
सरकारले उपलब्ध गराउने मासिक भत्ता– ६० हजार रुपैयाँ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *