Main News

विश्व खाद्य कार्यक्रमको अखाद्य चामल (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २० गते २१:३३
विश्व खाद्य कार्यक्रमको अखाद्य चामल (भिडियो रिपोर्टसहित)

२० फागुन २०७९ बाँके । विश्व खाद्य कार्यक्रम ९डब्लूएफपी०ले नेपालमा ल्याउने खाद्यान्न गुणस्तरहीन हुने गरेको पाइएको छ । २०६६ सालमा विश्व खाद्यको चामलका कारण जाजरकोटमा ३ जनाको मृत्यु भएको थियो ।

अहिले फेरि यस्तै गुणस्तरहीन चामल नेपाल ल्याउने प्रयास भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालित दिवा खाजा कार्यक्रमका लागि इटलीबाट भारतीय बन्दरगाह हुँदै नेपाल ल्याइएको चामल खान अयोग्य भएको पाइएपछि नेपालगन्जस्थित सीमा नाकामै रोकिएको छ ।

विसं २०१९ मा नेपालमा विश्व खाद्य कार्यक्रम सुरु भयो । नेपालमा कार्यालय स्थापना भएको ६ दशकमा खाद्यान्न सहयोगमा अग्रणी भूमिका निर्वाह गर्दै आएको विश्व खाद्य कार्यक्रम पछिल्लो एक दशकदेखि विवादमा छ । उसले नेपालमा पठाउने अधिकांश खाद्यान्न अयोग्य हुने गरेको छ ।

२०६६ जेठ, असार र साउनमा विश्व खाद्यले जाजरकोटसहितका पहाडी जिल्लामा वितरण गरेको चामल कुहिएका थिए । अधिकारवाखी संघसंस्थाले सरकारसँग छानविनको माग पनि गरेका थिए । लामो दबाबपछि भएको छानविनमा जाजरकोटमा झाडापखालाका कारण मृत्यु भएका तीन जनाले कुहिएको चामल खाएको खुल्न आएको थियो ।

२०७२ को भूकम्पमा राहतका नाममा विश्व खाद्य कार्यक्रमले असार ७ गते क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले बाँकेमा ५ सय ४१ मेट्रिक टन केराउको दाल नियन्त्रणमा लिएको थियो । संसदीय समितिको टोलीले अनुमगदका क्रममा फेला पारेको दाल जेठ १२ गते नेपाल भित्रिएको थियो । उक्त दाल खानका लागि योग्य भनेपनि अयोग्य थियो । घटना गुपचुप भयो ।

अहिले फेरि त्यसरी नै नेपालमा कुहिएको चामल भित्राइएको थियो । तर, तीन वटा कन्टेरमा ल्याएको ५४ टन चामल परीक्षण गर्दा अयोग्य देखिएपछि एक महिनादेखि नेपालगञ्ज भन्सार कार्यालयले परिसरमै रोकेर राखिएको छ ।

चामल लगायतका खाद्य वस्तु नेपाल भित्राउनु भन्दा पहिले त्यसको नमुना संकलन गरी खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा गुणस्तर परीक्षण गर्नु पर्ने कानुनी व्यवस्था छ ।

त्यही कानूनी व्यवस्था अनुसार भन्सार कार्यालय नेपालगञ्जले चामलको नमुना परीक्षणका लागि खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा पठाएको थियो । परीक्षण गर्दा नेपाल भित्राउन र उपयोग गर्न उपयुक्त नभएको भन्ने लिखित प्रतिबेदन खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले नेपालगञ्ज भन्सार कार्यालयलाई दिएको थियो ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सञ्चालित दिवा खाजा कार्यक्रमका लागि इटलीबाट भारतीय बन्दरगाह हुँदै नेपाल ल्याइएको चामल भिजेर मक्किएको, गन्ध आएको र खान अयोग्य भएको पाइएको छ ।

नेपाल भित्राउन र उपयोग गर्न उपयुक्त नभएकाले चामललाई खाल्डोमा पुरेर नष्ट गर्ने वा जुन देशबाट ल्याइएको हो त्यही देशमा फिर्ता गर्नु पर्ने कानूनी व्यवस्था छ । विश्व खाद्यका अधिकारी बिनारोकटोक निर्बाध रूपमा चामल ल्याउन पाउनुपर्ने अडान लिँदै आएका छन् । तर, एकपछि अर्को यस किसिमको घटना हुँदा पनि राज्यले कुनै कदम नचाल्दा जनस्वास्थ्यमाथि खेलवाड भइरहेको प्रष्ट छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *