Main News
६ तलामाथिबाट खसेर माधव नेपालका भाइ सरोजकुमार उपाध्यायको निधन
२०७९ फागुन २० गते १८:२४

२० फागुन २०७९ काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको निधन भएको छ ।
उहाँ एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत हुन् ।
उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार उनलाई तत्काल उद्धार गरेर सिभिल अस्पताल लगिएको थियो ।
उपचारकैक्रममा उपाध्यायको निधन भएको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका स्वकीय सचिव मोहन गौतमले बताउनुभयो ।
प्रतिक्रिया