Main News

जुलुसमा ज्ञानेन्द्र नआएपछि दुर्गा प्रसाईँले भने– राजतन्त्र–जिन्दावाद नभन्नू

हिमालय टिभी
२०७९ फागुन २० गते १७:०५
जुलुसमा ज्ञानेन्द्र नआएपछि दुर्गा प्रसाईँले भने– राजतन्त्र–जिन्दावाद नभन्नू

२० फागुन २०७९ काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले ‘राजतन्त्र–जिन्दावाद’ नभन्न आग्रह गर्नु भएको छ ।

राजतन्त्र पुनस्थापना गर्ने भन्दै शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट आन्दोलनको शुभारम्भ गर्नु भएका उहाँले पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरेका हुन ।

यसअघि उनका समर्थकहरुले राजा आऊ, देश बचाऊलगातका नाराबाजी लगाउँदै प्रर्दशन गरिरहेका थिए । तर प्रसाईले आफ्नो सम्बोधनको क्रममा राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गर्नु भयो ।

उहाँले राजतन्त्र चाहिने हो भने पूर्वराजा शाह र उनका परिवारका सदस्यहरु पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने सर्त राख्नु भयो । प्रसाईले आफू पूर्वराजा शाहलाई देखाएर सांसद हुने खालको मान्छे नभएको पनि पटकपटक बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘म तपाईहरुलाई राजतन्त्र जिन्दावाद नभन्न आग्रह गर्दछु । किनभने राजतन्त्र चाहिनका लागि त उहाँहरु पनि आन्दोलनमा आउनु पर्‍यो नि । हामीसँगै आउनु पर्‍यो । भिड्नु पर्‍यो । हामीलाई साथ दिनु पर्‍यो । हामी राजा देखाएर रोटी साट्ने मान्छे होइन दुर्गा प्रसाईँ । म राजा देखाएर सांसद बनेर जान्नँ ।’

माओवादी छाडेर एमाले प्रवेश गर्नु भएका प्रसाईँले हाल सो पार्टी पनि परित्याग गरी राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान संचालन गर्ने भन्दै काठमाडौंमा आन्दोलनको कार्यक्रम शुरु गर्नु भएको हो ।

आफूले व्यवसाय गरिखाने, रोजगारीको अवसर सिर्जना गर्ने बाटो राज्यले बन्द गरेपछि आन्दोलन गर्न बाध्य हुनु परेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *