बैंकविरुद्ध हुने गलत गतिवधि रोक्न गृहको निर्देशन
१९ फागुन २०७९ काठमाडौं । गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाविरूद्ध हुने गलत गतिविधि रोक्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध संगठित आक्रमणको प्रयास भएपछि गृह मन्त्रालयले सुरक्षा प्रबन्ध गर्न र त्यस्तो गतिविधिमाथि निगरानी बढाउन निर्देशन दिएको हो ।
फागुन १ गते व्यवसायी दुर्गा प्रसाईंले झापामा सभा गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई मोसो दल्ने चेतावनी दिनुभएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर प्रसाईंले बैंकका कर्मचारीलाई मोसो दल्ने दस्ता नै तयार भएको बताउनुभएको थियो ।
प्रसाईंले बैंक, लघुवित्त र सहकारी संस्थालाई २० लाख रुपैयाँसम्मको कर्जा मिनाहा गर्नुपर्ने भन्दै त्यसो नगरे ती संस्थाका कर्मचारीलाई मोसो दल्ने चेतावनी दिनु भएको थियो ।
प्रतिक्रिया