Main News

संसदको विषयवस्तुलाई सञ्चारमाध्यमले महत्व नदिएको सभामुखको गुनासो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १९ गते १६:५२
संसदको विषयवस्तुलाई सञ्चारमाध्यमले महत्व नदिएको सभामुखको गुनासो (भिडियो रिपोर्टसहित)

१९ फागुन २०७९ काठमाडौं । सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमले संसदको विषयवस्तुलाई महत्व नदिएको गुनासो गर्नु भएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार विषयक गोष्ठीमा सभामुख घिमिरेले संसदको विषयलाई महत्वपूर्ण नठानेर चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्रै ध्यान दिएको बताउनुभयो ।

उहाँले शून्य र विशेष समयमा सक्रियता र सहभागिता उल्लेख्य देखाए पनि सञ्चारमाध्यमले सक्रियताअनुसार प्रचार गर्न कन्जुस्याँई गरेको बताउनुभयो ।

सभामुख घिमिरेले विगतमा रोकिएको मिडिया सम्बन्धी विधेयकलाई विस्तृत छलफल र अध्ययन गरी अघि बढाउने दिशामा जानुपर्ने बताउनु भयो । उहाँले संसद सुसञ्चालन गर्नेकुरामा आफू स्पष्ट रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *