Main News
काम शुरु गर्ने बेला पदबाट हट्नु परेको पूर्वमन्त्री गिरीको गुनासो (भिडियो रिपोर्टसहित)
२०७९ फागुन १६ गते १६:२९

१६ फागुन २०७९ काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम शुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको बताउनु भएको छ ।
स्वास्थ्य पत्रकार मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा निवर्तमानमन्त्री गिरीले मन्त्रालयको समस्या पहिचान गरेर समाधानका लागि काम थाल्ने बेला आफू बाहिरिनु परेको बताउनुभयो ।
उहाँले स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्याहरु छन् भन्ने कुरा मन्त्री भएपछि मात्रै आफूले थाहा पाएको समेत बताउनु भयो ।
गिरीसहित एमालेबाट मन्त्री भएका नेताहरुले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका थिए ।
प्रतिक्रिया