Main News

कानुनमा प्रत्याभूत स्वास्थ्य अधिकार व्यवहारमा खै ? (भिडियो रिपोर्टसहित)

२०७९ फागुन १५ गते २०:४५
कानुनमा प्रत्याभूत स्वास्थ्य अधिकार व्यवहारमा खै ? (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७९ काठमाडौं । नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था छ । यो धारामा नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्यको हक हुने उल्लेख छ । संविधानले भनेको आधारभुत स्वास्थ्य सेवा भित्र कुन कुन सेवा पर्छन् त ?

सरकारले जनस्वास्थ्य नियमावली २०७७ मा आधारभूत स्वास्थ्य सेवामा के के सेवा सुविधा पर्छ भन्ने स्पष्ट पारेको छ । नियमावलीको अनुसूची १ मा आधारभूत स्वास्थ्य सेवामा पर्ने सुविधाहरु उल्लेख छन् । यो नियमावली अन्तर्गत नागरिकले पाउने ९ वटा स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवामा राखिएको छ ।

आधारभूत स्वास्थ्य सेवा
१० खोप सेवा
२० एकीकृत नवजात शिशु तथा बाल रोग व्यवस्थापन, पोषण सेवा, गर्भवती प्रसव तथा सुत्केरी सेवा, परिवार नियोजन, गर्भपतन तथा प्रजनन स्वास्थ्य जस्ता मातृ, नवजात शिशु, तथा बाल स्वास्थ्य सेवा
३० सरुवा रोगसम्बन्धी सेवा
४० नसर्ने रोग तथा शारीरिक विकलाङ्गतासम्बन्धी सेवा
५० मानसिक रोगसम्बन्धी सेवा
६० जेष्ठ नागरिकसम्बन्धी सेवा
७० सामान्य आकस्मिक अवस्थाका सेवा
८० स्वास्थ्य प्रवर्द्धन सेवा
९० आयुर्वेद तथा अन्य परम्परागत सेवा
आधारभूत सेवा हुन ।

आधारभूत स्वास्थ्य सेवा अन्तर्गत नागरिकले ९८ प्रकारको औषधि पनि निस्शुल्क प्राप्त गर्न सक्छन् । आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पाउने सेवा सुविधा आफ्नो नजिकैको स्वास्थ्य चौकी वा स्वास्थ्य संस्थामा उपलब्ध छ ।

सरकारले आधारभूत सेवा प्रभावकारी रुपमा कार्यान्वन गर्ने भने पनि सहज रुपमा सेवा नपाएको नागरिकको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *