राजनीति

स्ववियु निर्वाचन इलाम-ठूला नेताको जस्तै आश्वासनको पोको (भिडियो रिपोर्टसहित)

२०७९ फागुन १५ गते १७:४३
स्ववियु निर्वाचन इलाम-ठूला नेताको जस्तै आश्वासनको पोको (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७९ इलाम । हजारौं विद्यार्थीको भविष्यसँग जोडिएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन चैतको पहिलो साता हुनेभएको छ ।

निर्वाचन नजिकिँदै जाँदा क्याम्पसमा माहोल तातिन थालेको छ भने विभिन्न पार्टीसँग जोडिएका भ्रातृ संगठनका नेता आफूलाई विजयी गराउनका लागि मतदातासँग मत मागिरहेका छन् । जनप्रतिनिधि छान्ने निर्वाचनमा जस्तै स्ववियु निर्वाचनमा पनि विद्यार्थी नेताले आश्वासनको पोको खोलिरहेका छन् ।

त्रिभूवन विश्वविद्यालयका ६२ आंगिक र एक हजार चालिस सम्बन्धन प्राप्त क्याम्पसमा हुने निर्वाचन ६५ सालयता हुन सकेको छैन । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा त स्ववियु निर्वाचन नभएको १७ वर्ष भइसक्यो । यस क्याम्पसमा विभिन्न पार्टी निकटका ६ वटा विद्यार्थी क्रियाशील रहेपनि नेकपा एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेविसंघ नै प्रमुख दाबेदार हुन् ।

विद्यार्थीको हकहितमा काम गर्ने गरी स्वतन्त्र विद्यार्थी युनियनको अवधारणा बनाइएको हो । प्रत्येक दुई दुई वर्षमा निवार्चन हुनुपर्ने प्रावधान छ । तर, दुई दशक हुन लाग्दा समेत महेन्द्ररत्न क्याम्पसमा निर्वाचन हुन सकेको छैन ।

निर्वाचन नजिकिँदै जाँदा क्याम्पस प्रशासनले पनि तयारी थालिसकेको छ । त्रिभूवन विश्वविद्यालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार काम अघि बढिरहेको महेन्द्ररत्न क्याम्पसले जनाएको छ । त्यसका लागि नौ सदस्यीय निर्वाचन समिति पनि गठन गरिएको छ ।

निर्वाचन नजिकिँदै गर्दा विद्यार्थी संगठनहरुले आश्वासनको पोको भने बाड्न थालिसकेका छन् । विद्यार्थी संगठनले आफ्ना पुराना मुद्दाहरुलाई पनि समय अनुसार परिर्वतन गरिरहँदा पनि प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्मका समस्या समधान हुन सकेको छैन । शिक्षामा व्यापारीकरण, खस्कँदो गुणस्तर ज्यूँकात्यु छन् । तर विद्यार्थी संगठनले सस्तो र सर्वशुलभ शिक्षालाई चुनावी मुद्दा बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्