Main News

नेकपा ब्युँतने अवस्था नरहेकाले आठ दलीय गठबन्धन : अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १५ गते १७:२४
नेकपा ब्युँतने अवस्था नरहेकाले आठ दलीय गठबन्धन : अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७९ सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा ब्युँतिने अवस्था नरहेपछि आठ दलीय गठबन्धन बनाउनु परेको बताउनुभएको छ ।

सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमालेसँग माओवादी र नेकपा एकीकृत समाजवादीलाई एकै ठाउँमा ल्याएर नेकपा ब्युँताउनेबारे संवाद भएको बताउनुभयो । तर, नेकपा ब्युँताउने पहल असफल भएकाले आठ दलीय गठबन्धन बनाइएको बताउनुभयो ।

विचार मिल्ने वामशक्तिबीचमा मोर्चाको अवधारणा अगाडि सारेको भन्दै अध्यक्ष नेपालले कार्यशैली, मन र सबैको व्यवस्थापन हुने अवस्थामा पार्टी एकता पनि हुन सक्ने बताउनुभयो ।

नेपालले कुनै पनि अन्य पार्टीमा आफ्नो पार्टी विलय भने नहुने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *