Main News
रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने, राष्ट्रपतिमा भने अनिर्णित (भिडियो रिपोर्टसहित)
२०७९ फागुन १५ गते १४:२१

१५ फागुन २०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ ।
सोमवार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।
उहाँले बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलले सहयोग मागेपनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्ने बारेमा कुनै निर्णय लिइ नसकेको स्पष्ट पार्नुभयो ।
सहमहामन्त्री बुर्लाकोटीले बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले ब्रिफिङ गर्नुभएको बताउनुभयो ।
प्रतिक्रिया