Main News

स्वास्थ्य क्षेत्रको फोहर सफा गर्ने मन्त्री गिरीको प्रतिबद्धता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १५ गते १४:१०
स्वास्थ्य क्षेत्रको फोहर सफा गर्ने मन्त्री गिरीको प्रतिबद्धता (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७९ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रको फोहर सफा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

स्वास्थ्य सेवा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गिरीले आफू स्वास्थ्य क्षेत्रको परिवर्तन गर्नकै लागि रोजेर स्वास्थ्य मन्त्रालयमा आएको दाबी गर्दै स्वास्थ्यमा भएका फोहरलाई सफा गर्न आफू आएको बताउनु भयो ।

उहाँले आफ्नो नाममा कसैले ब्ल्याकमेलिङ गरेर अन्य धन्दा गरेको भए सूचना दिन र त्यसलाई आफूले तत्काल कारबाही गर्ने बताउनु भयो ।

मन्त्री गिरीले आगामी आर्थिक वर्षसम्ममा कम्तिमा ५ लाखसम्मको स्वास्थ्य बीमा गर्ने तयारी अनुसार काम भइरहेको बताउनु भयो ।

उहाँले अहिलेको स्वास्थ्य बीमाभित्र देशभरका मानिसहरु समेटिन नसक्ने भन्दै सेना, प्रहरी, सबै आम मानिस आउनेगरी स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न लागेको बताउनु भयो ।

मन्त्री गिरीले स्वास्थ्य सेवा ऐन छुट्टै ल्याउन आवश्यक सहयोग मन्त्रालयले गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको वृत्ति विकासका लागि स्वास्थ्यका सबै राजमार्ग खुला हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *