Main News

सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपा एमालेको निर्णय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १५ गते १३:०२
सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपा एमालेको निर्णय (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७९ काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमालेले सरकार छाड्ने निर्णय पनि गरेको छ ।

परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो जेनेभा जान रोक्नु भएको थियो । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससँग राष्ट्रपति निर्वाचनका लागि गठबन्धन गरेको थियो । तर एमालेले राष्ट्रपतिको निर्वाचनसम्म सरकार नछाड्ने निर्णय गरेको थियो ।

राष्ट्रपतिमा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । आठ दलीय गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *