Main News

क्रिकेटर लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, भोलि पनि सुनुवाइ

हिमालय टिभी
२०७९ फागुन १४ गते १७:१०
क्रिकेटर लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, भोलि पनि सुनुवाइ

१४ फागुन २०७९ काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा भोलि पनि सुनुवाइ हुने भएको छ। आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।

सरकारी वकिल र पीडितका वकिलको बहस सकिएको छ । तर सन्दीप पक्षको बहस नसकिएपछि भोलि पनि सुनुवाइ हुने भएको हो। न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा पेशी तोकिएको छ। भोलि पनि यही इजलासमा सुनुवाई हुनेछ। सरकारी वकिलहरुले क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्नु पर्ने माग गरेका छन ।

नाबालिका बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेश त्रुटिपूर्ण भन्दै सरकारी वकिलहरुले थुनामै पठाउनु पर्ने माग गरेका हुन ।

महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताद्वय सञ्जीव रेग्मी र सोमकान्त भण्डारीले बहस गर्दै कसको के योगदान छ भन्दा पनि अपराध के हो भनेर हेर्नुपर्ने बताउनुभयो । सरकारी पक्षबाट वकालत गरेका कानुन व्यवसायीहरुले पनि सन्दीपलाई धरौटीमा छाड्ने आदेश गलत भएको र त्यसले पीडितलाई झन् पीडामा पारेको बताएका छन् ।

इजलासले भने पीडितले किटानी जाहेरी दिएको र सन्दीपले आरोप अस्वीकार गरेको अवस्थामा के आधारमा निर्णय गर्ने भनेर प्रश्न सोधेको थियो । सरकारी पक्षले परिस्थितिजन्य प्रमाण हेर्नुपर्ने जवाफ दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *