Main News

पाँच महिनापछि काठमाडौं उपत्यकामा वर्षा

हिमालय टिभी
२०७९ फागुन १४ गते १६:४६
पाँच महिनापछि काठमाडौं उपत्यकामा वर्षा

१४ फागुन २०७९ काठमाडौं । काठमाडौं उपत्यकामा पाँच महिनापछि वर्षा भएको छ।

पाँच महिनापछि आज दिउँसो काठमाडौं उपत्यकामा पानी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । यो वर्ष अहिलेसम्म हिउँदे वर्षा हुन सकेको थिएन ।

यसअघि असोज २८ गते उपत्यकामा पानी परेको थियो । आइतबार उपत्यकासहित देशका पहाडी क्षेत्रमा मेघ गर्जन तथा चट्याङ्सहित हल्का वर्षा भएको हो । तत्काल ठूलो वर्षा हुने कुनै सम्भावना भने नरहेको उहाँको भनाइ छ ।

हल्का वर्ष हुनेक्रम केहीबेरमा उपत्यकाका सबै क्षेत्रमा पुग्ने अधिकारीले जानकारी दिनुभयो । यस्तै गण्डकी प्रदेशको पोखरालगायत पहाडी भूभागमा भने दिउँसोदेखि नै वर्ष भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *