Main News

लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने

२०७९ फागुन १४ गते १६:३६
लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने

१४ फागुन २०७९ लुम्बिनी । लुम्बिनी प्रदेशसभाको बैठक यही फागुन १७ गते बस्ने भएको छ ।

झण्डै एक महिनापछि सभामुखको निर्देशनअनुसार बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

प्रदेशसभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक बुधबार दिउँसो १ बस्ने छ ।

लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ । यसअघि प्रदेशसभाको बैठक गत माघ २० गते बसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *