Main News

यस्तो हुन्छ राष्ट्रपतिले पाउने सेवा सुविधा (भिडियो रिपोर्टसहित)

२०७९ फागुन १३ गते २१:१४
यस्तो हुन्छ राष्ट्रपतिले पाउने सेवा सुविधा (भिडियो रिपोर्टसहित)

१३ फागुन २०७९ काठमाडौं । फागुन २५ गते मुलुकले नयाँ राष्ट्रपति पाउँदैछ । राष्ट्रपति देशकै सर्बोच्च पद हो । राष्ट्रपतिको तलब कति हुन्छ र अन्य के के सुविधाहरु पाउँछन् । यो हेरौं ।

राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुबिधा सम्बन्धी ऐन २०७४ अनुसार राष्ट्रपतिले मासिक पारिश्रमिकसहित बीमा सुविधा र दैनिक भ्रमण भत्ता पाउँछन् । यो ऐन अनुसार राष्ट्रपतिको मासिक पारिश्रमिक १ लाख ५० हजार ४५० रुपैयाँ हुन्छ। पोषाक सुविधा बार्षिक २५ हजार रुपैयाँ पाउँछन् ।

अतिथि सत्कार, भैपरी हुने खर्च र चाडपर्व खर्च खाइपाइ आएको एक महिनाको पारिश्रमिक बराबरको रकम पाउने ऐनमा उल्लेख छ । राष्ट्रपतिले कामको सिलसिलामा स्वदेश एवम् विदेशको भ्रमण गर्दाको सम्पूर्ण खर्च सरकारले ब्यर्होनुका साथै भ्रमण भत्ता समेत उपलब्ध गराउने गर्छ ।

स्वदेशको भ्रमण गर्दा दैनिक ३ हजार ३ सय रुपैयाँ र विदेशको भ्रमणमा जाँदा २५० अमेरिकी डलरका दरले भत्ता दिइन्छ । यद्यपी युरोपियन मुलुकहरु, अमेरिका, अष्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानडा, कुबेत, जापान, हंङकङ, सिंगापुर, बहराइन, कतार र कुबेतको भ्रमण गर्दा उल्लेखित रकममा ३३ प्रतिशत थप पाउने व्यवस्था ऐनमा छ ।

राष्ट्रपति अस्पताल भर्ना भइ उपचार गराउँदा वा स्वदेशमा उपचार हुन नसकी विदेशमा उपचार गराँउदाको खर्च पनि सरकारले ब्यर्होर्नुपर्छ । यसका साथै एक जना निजी चिकित्सक पनि उपलब्ध गराइन्छ ।

२५ लाख रुपैयाँको बीमा हुन्छ । इन्धन, सञ्चार, आवास सुविधा उपलब्ध गराउनुका साथै त्यसको मर्मत सम्भारका लागि आवश्यक खर्च समेत उपलब्ध गराउने व्यवस्था छ ।

विज्ञ तथा निजी सचिवालयसम्बन्धी व्यवस्था

राष्ट्रपतिले आफ्ना लागि ७ जना विज्ञ नियुक्त गर्न सक्छन् । यसका साथै निजी सचिवालयमा १९ जना कर्मचारी व्यवस्था गरिएको छ ।

निजी सचिवालयमा कुन तहका कति ?
प्रमुख स्वकीय सचिव राजपत्रमा अंकति वशिष्टि श्रेणी सरहको १ जना
सहस्वकीय सचिव प्रथम श्रेणी सरहको १ जना
उपस्वकीय सचिव द्वितीय श्रेणी सरहको १ जना
स्वकीय अधिकृत तृतीय श्रेणी सरहको ४ जना
कम्प्युटर सहायक प्रथम श्रेणी सरहको १ जना
फोटोग्राफर प्रथम श्रेणी सरहको १ जना
प्रेस संयोजक प्रथम श्रेणी सरहको १ जना
सवारीचलाक ४ जना र कार्यालय सहयोगी ४ जना राख्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *