राजनीति

देउवा भन्थे, वी विल कम्ब्याक !(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १३ गते २१:०९
देउवा भन्थे, वी विल कम्ब्याक !(भिडियो रिपोर्टसहित)

१३ फागुन २०७९ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रिय राजनीतिमा गुम्दै गएको शक्ति फर्काउन सफल हुनुभएको छ । ६२ दिनअघि गुमेको गठबन्धन फिर्ता गर्न सफल देउवा राष्ट्रपति कांग्रेसको भागमा पार्न पनि सफल देखिनुभएको छ ।

गत पुस १० गते बाटो बदलेका दलहरु ६२ दिनपछि एक ठाउँमा आइपुगेका छन् । जसको मुख्य सूत्रधार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बन्नुभयो । गठबन्धन टुटाएर एमालेसँग संघदेखि प्रदेशसम्म सत्तासाझेदारी गरिररहेका प्रचण्ड कांग्रेससँग पुनः सहकार्यका लागि तयार हुनु भयो । आफूलाई प्रधानमन्त्री बनाउन साथ दिएको एमालेको विपक्षमा प्रचण्डलाई उभ्याउन देउवाको भूमिका रहेको भन्दै निकटस्थहरुले यसलाई देउवाको सफलता भनेका छन् ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा गठबन्धन बनाएर चुनावमा गएको कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चा राष्ट्रपतिको निर्वाचनमा सहकार्य गर्न तयार बनेसँगै राष्ट्रिय राजनीतिमा कांग्रेस महत्वपूर्ण शक्तिका रुपमा पुनरागमन गरेको छ ।

पुस १० मा गठबन्धन टुट्दा कतिपयले देउवालाई दोष दिएका थिए । गठबन्धन टुटेपछि निराश देउवा आफूलाई भेट्न आउनेहरुलाई वी विल कम ब्याक भन्दे ढाडस दिँदै आउनुभएको थियो । तर, धेरैले कांग्रेस ६२ दिनमै पुनरागमन होला भन्ने पत्याएका थिएनन् । तर, देउवा ५ दलीय पुरानो गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी पनि मिसिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने संकेत गरेको छ । दुई महिनाको उतारचढावपछि गुमेको शक्ति फिर्ता गर्नुलाई देउवाको सफलता मानिएको छ ।
यो गठबन्धन राष्ट्रपति निर्वाचनमा मात्र सिमित हुनेछैन, संघ र प्रदेश सरकारमा पनि मिलेर जाने बाटोमा छ ।

यसो हुँँदा संघदेखि प्रदेशसम्म नै कांग्रेसले सत्ताको अंशियारी पाउने छ । कांग्रेस सत्तामा जानका लागि एमालेको बहिर्गमन पर्खिरहेको छ ।

आफ्ना मित्र रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन बलियो समर्थन जुटाएका देउवाले सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयमा पत्नी आरजु देउवालाई पठाउन सक्नुहुन्छ। देउवाले अहिले प्राप्त गरेको सफलताले कांग्रेसलाई सिंहदरबारमा त फर्काउने नै छ, देउवाको नजर भने पार्टीभित्रका असन्तुष्टहरुलाई पनि मिलाएर सानेपामा बलियो बनिरहने र त्यही बलमा प्रधानमन्त्रीमा पुनरागमन गर्नेतर्फ नै देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्