Main News
राष्ट्रपतिको निर्वाचनपछि सरकार परिमार्जन हुने (भिडियो रिपोर्टसहित)
२०७९ फागुन १३ गते १८:२७

१३ फागुन २०७९ जनकपुर। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार परिमार्जन हुने दावी गर्नुभएको छ ।
जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले राष्ट्रपतिमा पुरानो गठबन्धनबीच सहमति भएसँगै सरकार पनि विस्तारै परिमार्जन हुने बताउनुभएको हो ।
उहाँले शुक्रबार नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउन सहयोग गर्ने सहमति भएसँगै पुरानो गठबन्धन ब्युँतिएको र सोही गठबन्धनले सरकारमा पनि निरन्तरता पाउने बताउनुभयो । उहाँले पुरानो गठबन्धन पुनः ब्यूतिएपछि अब प्रदेश आगामी दिनमा बलियो हुने दावी गर्नुभयो ।
गठबन्धनले प्रदेश सरकारलाई पनि स्थायित्व दिने अध्यक्ष यादवको तर्क थियो ।
प्रतिक्रिया