Main News

राष्ट्रपतिका लागि एमालेका नेम्वाङको उम्मेदवारी दर्ता

हिमालय टिभी
२०७९ फागुन १३ गते १३:०९
राष्ट्रपतिका लागि एमालेका नेम्वाङको उम्मेदवारी दर्ता

१३ फागुन २०७९ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा नेम्वाङले उम्मेदवारी दर्ता गराउनुभएको हो । आठ दलको समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललले उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ । उम्मेदवारी दर्ताको समय दिउँसो ३ बजेसम्मका लागि तोकिएको छ ।

उम्मेदवारको सूची आज नै प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ। आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् राष्ट्रिय सभा र प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य मतदाता हुनेछन्। संघीय संसद्का ३३२ र प्रदेश सभामा ५५० गरी ८८२ जनाले मतदान गर्नेछन्।

सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । संघीय सांसद र प्रदेश सभाका सांसदका लागि संसद् भवन परिसरमा छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ। निर्वाचनका लागि फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *