विदेशीहरुको भेटघाट नियमन गर्न एमाले सांसद पन्तको माग (भिडियो रिपोर्टसहित)

१० फागुन २०७९ काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का सांसद रघुजी पन्तले विदेशीहरुले नेपालमा गरेको भेटघाटबारे नियमन गर्न सरकारसँग माग गर्नु भएको छ ।
नेपालको राष्ट्रपति निर्वाचनअघि भारतीय विदेश सचिव विनयमोहन क्वात्राले गरेको उच्चस्तरीय राजनीतिक भेटवार्ताप्रति आपत्ति जनाउँदै उहाँले कहिल्यै पराधीन नभएको मुलुकका लागि लाजमर्दो विषय भएको टिप्पणी समेत गर्नुभयो ।
आज प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले भारतीय पूर्वप्राध्यापक एसडी मुनीको ट्वीटमा नेपालको राष्ट्रपतिको नाम पढनुपर्ने अवस्था आउनु दुख्द भएको बताउनु भयो । उहाँले हाम्रो राजदुतले भारतको विदेशमन्त्री समेत भेटन नपाउने तर त्यहाँका विदेश सचिवले हाम्रा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री समेत भेटन पाउने विषय सही नभएको पनि पटकपटक दोहोर्याउनु भयो ।
सासद पन्तले विदेशीसँगको भेटलाई औपचारिकता दिने भनेर सरकारले भनेपनि सो अनुसारको काम गर्न नसकेको आरोप समेत लगाउनु भयो ।
प्रतिक्रिया