जन्ममिति विवादका कारण प्रहरी प्रमुखको दाबेदार सिंहद्वारा राजीनामा
१० फागुन २०७९ काठमाडौं । प्रहरी महानिरीक्षकको दाबेदार मानिएका नायब महानिरीक्षक डीआईजी अशोक सिंहले राजीनामा दिनु भएको छ ।
सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख रहेका सिंहले एआईजी बढुवाका क्रममा जन्ममिति विवाद सार्वजनिक भएपछि राजीनामा दिनुभएको हो ।
सिंहले पेश गरेको २२ जेठ २०४२ मा जारी नागरिकतामा तत्कालीन उमेर १८ वर्ष उल्लेख छ । जसअनुसार उहाँको जन्म मिति २२ जेठ २०२४ हुनुपर्ने हो । सिंहको शैक्षिक प्रमाण पत्रमा जन्ममिति १६ पुस २०२५ जन्ममिति उल्लेख छ ।
प्रहरी नियमावली २०७१ अनुसार सेवा प्रवेश गर्दा सम्बन्धित व्यक्तिले लिएको नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र र वैयक्तिक विवरण सबैमा एउटै मिति नभए जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मितिका आधारमा हिसाब हुने भनिएको छ ।
यस अनुसार नागरिकताको उमेर कायम भएको भए सिंहले उमेर हदका कारण २२ जेठ २०७९ मै अवकाश पाउनुपर्ने हो । तर, सिटरोलमा शैक्षिक प्रमाण पत्रको उमेर उल्लेख भएका कारण सिंह डीआईजीमा बढुवा हुनु भएको थियो । यतिबेला बढुवाका क्रममा पुनः उमेर विवाद निस्किएको हो ।
प्रतिक्रिया