Main News

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

हिमालय टिभी
२०७९ फागुन १० गते १३:१३
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

१० फागुन २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटघाट भएको छ ।

राष्ट्रपति निर्वाचनको सन्दर्भमा भेट भएको हो । राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनका लागि चुनावी कार्यतालिका सार्वजनिक भइसक्दा पनि दलहरूले अझै पनि उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।

एमाले फागुन १० गते भएको सहमति अनुसार राष्ट्रपति आफुलाई दिनुपर्ने माग गर्दै आएको छ भने माओवादी अध्यक्ष एवं प्रधानमन्त्री दाहालले भने राष्ट्रिय सहमति हुनुपर्ने अडान राख्दै आउनुभएको छ ।

राष्ट्रपतिमा दाहालको अडानपछि अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम चर्चामा आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *