Main News
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूचि
२०७९ फागुन १० गते ९:१३

१० फागुन २०७९ काठमाडौं । आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ ।
बैठक आज दिउँसो १ बजे बस्नेछ छ । आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ पेस गर्नुहुने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले सम्पती शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक,२०७९ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।
प्रतिक्रिया