Main News

महन्थ ठाकुरलाई राष्ट्रपति प्रस्ताव गर्दै लोसपा बालुवाटारमा

हिमालय टिभी
२०७९ फागुन ९ गते १७:५७
महन्थ ठाकुरलाई राष्ट्रपति प्रस्ताव गर्दै लोसपा बालुवाटारमा

९ फागुन २०७९ काठमाडौं । राष्ट्रपतिको उम्मेदवारका लागि दलहरुबीच रस्साकस्सी जारी रहेको छ । लोकतान्त्रिक समाजवादी लोसपाका नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु राष्ट्रपतिको उम्मेदवारका लागि आफ्नो प्रस्ताव लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न वालुवाटार पुगेको बताइएको छ । छलफलका लागि ठाकुरसहित लोसपा नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा र सर्वेन्द्रनाथ शुक्ल पुग्नुभएको हो ।

लोसपाले सर्वसम्मत उम्मेदवारकारुपमा ठाकुरलाई अघि बढाउनुपर्ने प्रस्ताव गर्न लागेको नेता एकवाल अहमदले जानकारी दिनुभयो । राष्ट्रपतिमा कांग्रेस, एमाले, माओवादी केन्द्रमा एकअर्का दलहरुको बीचमा सहमति नबनरिहेको बेला राष्ट्रपतिमा ठाकुरलाई प्रस्ताव प्रधानमन्त्री प्रचण्डदेखि कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसमक्ष राख्ने लोसपाको तयारी रहेको छ ।

लोसपाले एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने भएको छ । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले आफ्नो काठमाडौं बसाईका क्रममा राष्ट्रपतिको सर्वसम्मत उम्मेदवार ठाकुरलाई बनाउन सुझाव दिएको राजनीतिकवृत्तमा चर्चा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *