Main News

अध्यागमनको सर्भर नचल्दा अन्तर्राष्ट्रिय उडान प्रभावित

हिमालय टिभी
२०७९ फागुन ८ गते १५:११
अध्यागमनको सर्भर नचल्दा अन्तर्राष्ट्रिय उडान प्रभावित

८ फागुन २०७९ काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयको सर्भर नचल्दा अन्तर्राष्ट्रियतर्फको उडान प्रभावित भएकोछ ।

अध्यागनको सर्भर डाउन हुँदा प्रवेशाज्ञा र प्रस्थान अनुमति दिने काम रोकिएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो । जसका कारण सयौं यात्रु समस्यामा परेका छन् । सर्भर डाउन हुनाको कारण खुलेको छैन ।

अध्यागमनले आफ्ना सबै प्रणाली कम्प्युटरराइज्ड गरेकाले सर्भर डाउन हुँदा सेवा ठप्प हुने गरेको छ । विभानस्थलले सर्भरमा देखिएको समस्या समाधानको प्रयास जारी राखेको जनाएको छ ।

तत्काल समस्या समाधान नभए जहाजको पार्किङमा समेत समस्या आउने भएकाले अवतरण समेत प्रभावित हुन सक्ने विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *