सरकारले शान्ति प्रक्रियाको बाँकी कामलाई प्राथमिकतामा नराखेको सभामुखको टिप्पणी (भिडियो रिपोर्टसहित)
७ फागुन २०७९ काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारले शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिने कार्यलाई प्राथमिकतामा नराखेको टिप्पणी गर्नुभएको छ ।
आज अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले राजधानीमा गरेको कार्यक्रममा सभामुख घिमिरेले बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगको काम कारवाहीलाई सम्पादन गर्नेतर्फ सरकारले ध्यान नदिएको बताउनुभएको हो ।
निरन्तर म्याद थपेपनि काम नहुनुले सरकारले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन गम्भीर नभएको समेत बताउनुभयो । शान्ति प्रक्रियाको कामलाई टुंगोमा पुर्याउने विषयमा संसदमा समेत प्रयाप्त छलफल हुन नसकेको सभामुख घिमिरेको भनाइ छ ।
२०७८ साउन १ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानविन आयोग र यसका पदाधिकारीहरुको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको थियो ।
फेरि बाधा अड्काउ–फुकाउमार्फत असोज २८को मन्त्रिपरिषद् निर्णयबाट आगामी असार मसान्तसम्म दुबै आयोगको थपिएको छ । यसैवर्ष दुई पटक म्याद थपिए पनि २०७८ असार ३१ देखि नै दुवै आयोग पदाधिकारीविहीन छ ।
प्रतिक्रिया