Main News

राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो भएको अध्यक्ष नेपालको टिप्पणी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन ७ गते १६:३२
राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो भएको अध्यक्ष नेपालको टिप्पणी (भिडियो रिपोर्टसहित)

७ फागुन २०७९ काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो भएको टिप्पणी गर्नु भएको छ।

कीर्तिपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले के–के न गरौंला भनेर आएको रास्वपामा पनि पदको आशक्ति बाहेक अरु केही नदेखिएको टिप्पणी गर्नु भएको हो ।

अध्यक्ष नेपालले सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको दावीसमेत गर्नु भयो । राष्ट्रिय स्वतन्त्र पार्टीको कारण सत्तारुढ गठबन्धन टुट्ने भन्दै नेपालले एमाले अध्यक्ष केपी ओलीमा काँग्रेस र एकीकृत समाजवादी मिलेर गठबन्धन भत्काउलान् कि भन्ने चिन्ता छाएको पनि बताउनु भयो ।

नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै मुलुकमा फेरी मण्डलेहरु जाग्न लागेको बताउनु भयो । उहाँले पूर्वराजा शाहलाई सहभागी गराएर अभियान चलाउने पार्टीका केन्द्रिय सदस्य दूर्गा प्रसाईलाई अझै एमालेले कारबाही गर्न नसक्नु कम्युनिष्ट पार्टीका लागि लाजमर्दो विषय भएको तर्क समेत गर्नु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *