Main News
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
२०७९ फागुन ५ गते १७:१३
५ फागुन २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उहाँको निवास बालकोट पुग्नुभएको छ ।
राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला सत्तारुढ दलबीच उम्मेदवारको विषयमा सहमति जुट्न सकेको छैन ।
पुस १० गतेकै सहमतिका आधारमा एमालेले राष्ट्रपति पाउनुपर्ने अडान राख्दै आएको छ भने माओवादी केन्द्रले राष्ट्रिय सहमति खोज्नुपर्ने बताउँदै आएको छ । दुई शीर्षनेताबीच राष्ट्रपतिको उम्मेदबारकै विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।
राष्ट्रपतिको उम्मेदवारलाई लिएर बिहीबार पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल भएको थियो । तर, दुई नेताहरु सहमतिमा पुग्न सकेका थिएनन् ।
प्रतिक्रिया